सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीसँग शैक्षिक क्षेत्र सुधार बारे सम्वाद

कोरियामा अध्यनरत नेपाली विद्यार्थीहरूको साझा सङ्गठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक)ले “सोनसिक साझा मंच- भाग ६” मा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर अम्मराज जोशी सँग सम्बाद गरेको छ | बझाङमा २०१२ सालमा जन्मेका जोशीले बझाङकै सत्यवादी मावि चौघानपाटाबाट ०२८ मा एसएलसी गरेका थिए। २०३४ मा आग्रा विश्वविद्यालयबाट बिएड गरेपछि उनले एसएलसी पास गरेकै सत्यवादी विद्यालयमा अध्यापनको काम सुरु गरेका थिए । १० वर्ष अध्यापन गरेपश्चात जोशीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर र अमेरिकाको आईओडब्लुए विश्वविद्यालयबाट ‘साहित्यमा वातावरणको असर’ सम्बन्धी विषयमा विद्यावारिधि गरे। ३२ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका जोशी एक वर्षअघि मात्रै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त भएका हुन्। उनले आफ्ना जीवनका संघर्स लाई स्मरण गर्दै कोही पनि शिक्षा बाट बन्चित नहोउन भनेर लागेको बताए |

कार्यक्रमको औचित्य प्रकाश पार्दै सोनसिक सभापति दीर्घ राज जोशीले भने, सोनसिक साझा मंच मार्फत समाजको शैक्षिक नेतृत्व लिएका सक्दो धेरै व्यक्तिलाई जोडिने छ | नेपालका विश्वविद्यालयका उपकुलपतिहरू, अनुसन्धान केन्द्रका प्रमुखहरू, नास्ट तथा सरकारी अनुसन्धान क्षेत्रमा कार्यरतहरू, निजी क्षेत्र बाट प्रयत्न गरिरहेकाहरु तथा देश विदेशमा रहनु भएका विज्ञ अनुसन्धाताहरूलाई समेटिने छ |

उपकुलपतिले आफ्नो नेतृत्वमा सुदूरपश्चिम विश्वविद्यालयमा भइरहेका सुधारका प्रयत्नहरू विस्तृतमा प्रकाश पार्दै आमूल रूपान्तरणको बाटोमा लागेको बताउनुभयो | सुप विवि अन्तर्गत अरू क्याम्पसहरूलाई ल्याउन निकै भूमिका खेलेको र धेरै हद सफल भएको बताए | स्वायत्त विश्वविद्यालय, अनुसन्धानमा आधारित सिकाई, खुला प्रतिस्पर्धाबाट रजिस्टार, डीन, कार्यकारी निर्देशक, क्याम्पस प्रमुखहरू, प्राध्यापकहरू, अनुसन्धाताहरू तथा कर्मचारीहरूको छनोटमा आफू निकै ऊर्जा सहित लागेको तर अझै पूर्ण सफल भैनसकेको बताए |

सुप तथा पुरै देश लाई काम लाग्ने जनशक्ति उत्पादन गर्न नयाँ-नयाँ प्राविधिक विषयको अध्यापन सुरु गराउन आफू निकै ऊर्जा सहित लागेको बताए | विश्वमा भइरहेका अनुसन्धानहरू बारे चर्चा गर्दै हामीले चाल्नु पर्ने कदमका बारेमा पनि विस्तृतमा बताए | समग्रमा विश्वविद्यालय अनुसन्धान केन्द्र बन्नु पर्ने हुँदा एमफिल तथा विद्यावारिधिको पढाई पनि सुरु गरेको तर यी सबैका लागी विश्वविद्यालयमा दलीय राजनीति पूर्वरूपमा बन्द हुनुपर्ने बताए |

नेतृत्व गर्ने मान्छेमा नैतिक इमान उच्च हुनु पर्ने कुरालाई बारम्बार जोड दिँदै विश्वविद्यालयलाई विश्व स्तरीय बनाउन आफूले गरेका कदम, निर्माण भइरहेका तथा हुने भौतिक संरचनाहरू तथा अन्य अनुसन्धान संरचनाहरू माथि निकै गहिरो प्रस्तुति दिए | कार्यक्रमको समापन गर्दै सभापति जोशीले अर्को हप्ता सोनसिक साझा मंचको अर्को भागमा यस्तै शैक्षिक व्यक्तित्वलाई जोड्ने बताए | कार्यक्रमको संचालन तृष्णा किसीजुले गरेकी थिइन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe for our email newsletter