दक्षिण कोरिया स्थित नेपाली विधार्थीहरुको साझा संगठन नेपाली विधार्थी समाज कोरिया (सोन्सिक)को सातौं बार्षिक साधारण सभा यहि अगस्त २१-२२ तारिखमा देगु माउन्टिनियरिङ् स्कुलको सभाकक्षमा सम्पन्न भएको छ। सोन्सिकका निवर्तमान सभापति कृष्ण देवकोटाको सभापतित्वमा सम्पन्न भएको उद्घाटन सत्रको कार्यक्रम संस्थाका निवर्तमान सचिव मधु आत्रेयले सन्चालन गर्नुभएको थियो। उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा कोरियाका लागि महामहिम नेपाली राजदुत कमल प्रसाद कोइरालाले पानसमा बत्ती बालेर गर्नुभएको थियो।