SONSIK e- Essay Competition

“नयाँ बर्षको सुरुवात संगैको नयाँ पाइला, ONLINE निबन्ध प्रतियोगिता सबैको पहुच, सबैको सहभगिता”

अंग्रेजी नयाँ वर्ष २०१५को उपलक्ष्यमा सम्पूर्ण अग्रज, सुभचिन्तक, सदश्य, एवं सम्पूर्ण सहयोगी दाताहरुमा नेपाली बिधार्थी समाज दक्षिण कोरिया (SONSIK) हार्दिक शुभकामना व्यक्त गर्दछ | साथै SONSIKका गतिबिधिहरुमा धेरै भन्दा धेरै बिधार्थीहरुको सहभागिता हुन सक्ने, आर्थिक तथा समयका हिसाबले किफायती कार्यक्रमहरुको तर्जुमाका लागि विभिन्न समय समयमा यहाँहरुले दिनु भएका सुझाबहरु लाई मध्यनजर गर्दै अंग्रेजी नयाँ वर्ष २०१५को उपलक्ष्यमा SONSIK सदश्यहरु बिच ONLINE मार्फत “नेपालको पर्यटकीय र प्राबिधिक बिकास मा कोरियामा रहेका नेपाली बिद्यार्थीको भूमिका” बिषयक निबन्ध प्रतियोगिता आयोजना गरिएको जानकारी गराइन्छ! नेपाली बिधार्थी समाज दक्षिण कोरिया (SONSIK) सम्पूर्ण सबैको सहभागिता को लागि हार्दिक अनुरोध गर्दछ|
निबन्ध प्रतियोगिता सम्बन्धि बिस्तृत जानकारी:-
शीर्षक:नेपालको पर्यटकीय र प्राबिधिक बिकास मा कोरियामा रहेका नेपाली बिद्यार्थीको भूमिका |

नियमहरु:
१. निबन्ध१२०० देखि २००० शब्दभित्र मा समेटिएको हुनुपर्ने छ|
२. निबन्धमा मौलिकता झल्केको हुनु पर्ने छ|
३. निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ|
४. निबन्ध देवनागरी लिपिमा कम्पुटर टायप् गरी लेखिएको हुनुपर्नेछ| हस्तलिखितको हकमा देवनागरी लिपिमा लेखी स्पस्ट रुपमा scan गरि पठाउनु पर्ने छ |
५. सोनसिक ११ औ कार्यसमिति सदश्यहरुको सहभागिता निषेध गरिएको छ |
६. निबन्ध निर्धारित समय सिमा( जनवरी २५, २०१५ तारिक) भित्र पठाईसक्नु पर्ने छ|

मुल्यांकनका आधारहरु :१. मौलिकता२. शुद्दिकरण३. बिषयबस्तुमा पोख्तता४. भाषा र साहित्यको प्रयोग |

पुरस्कार :
१. प्रथम : नगद १००००० वोन तथा प्रमाणपत्र
२. दोश्रो: नगद ५०००० वोन तथा प्रमाणपत्र
३. तेश्रो: नगद ३०००० वोन तथा प्रमाणपत्र
४. चौथो: नगद २०००० वोन तथा प्रमाणपत्र

निबन्ध पठाउने इमेल ठेगाना: [email protected]

अन्य जानकारीको लागि समपर्क : सोनसिक कार्यसमितिका सदश्य एवं university represenatives (UR) संग सम्पर्क राख्नु होला
स्मरणिय रहोस पुरष्कृत प्रतियोगीहरुलाई नेपाली बिधार्थी समाज दक्षिण कोरिया (SONSIK)को १२ औ बार्षिक साधारण सभामा प्रमुख अतिथि मार्फत पुरस्कार वितरण गरिने छ |
धन्यवाद !‘निबन्ध

 

 

Subscribe for our email newsletter