दक्षिण कोरियामा रहेका नेपाली बिद्यार्थीहरुको संगठन सोसाइटी अफ नेप्लीज स्टुडेन्ट इन कोरिया (SONSIK) को ११औ साधारणसभा अगष्ट १६-१७ मा खान्गवोन्दो प्रान्तको साम्चक सहर स्थित खान्गवोन बिश्वबिधालयमा सम्पन्न भएको छ | साधारणसभाबाट बिमल सुबेदीको नेतृत्वमा नया कार्यकारी समितिको गठन भएको छㅣ
सभापति पदमा सहमति हुन नसकेपछि भएको निर्वाचनमा सुबेदीले आफ्ना प्रत्यासी रमाकान्त लामिछानेलाई पराजित गरेका थिए । अन्य पदहरुमा भने सहमतिका आधारमा पदाधिकारीहरु चयन भएका छन् ।
उप- सभापतिमा – बिमल सिङ बिस्ट, काशी राज भट्टराई, अनुप श्रेष्ठ, धर्म राज गौतम छानिएका छन् । त्यस्तै सचिवमा विजय बस्नेत र सहसचिवमा सौरव घिमीरे तथा कोषाध्यक्षमा तुलसी पौडेल रहेका छन् । सदस्यहरुमा प्रविन भट्टराई, बिबेक चौधरी, श्रवण रोय, शिव पाठक, गोपाल बहादुर बोहरा रहेका छन् । नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन प्रमुख एवं सोनसिकका संस्थापक सदश्य डा. भुषण श्रेष्ठले सपथग्रहण गराएका थिए ।
दक्षिण कोरियाका लागि नेपाली राजदुतवासका उपनियोग प्रमुख राजाराम बर्तौलाको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा कोरियाको शिक्षा मन्त्रालयका अन्तरास्ट्रिय शिक्षा तथा छात्रवृति केन्द्र(NIIED)का प्रमुख पार्क हो नाम, सोनसिकका संस्थापक सदश्य डा. देबि बहादुर बस्नेत तथा डा. भुषण श्रेष्ठ, सोनसिकका पुर्व सभापति प्रकाश धमला, आस्था बिन्दु मल्ल, एन.आर.एन. कोरियाका ICC प्रतिनिधि केपी सिटौला, सोनसिक सल्लाकार डा. ज्ञानेन्द्रप्रसाद जोशी, डा. माधव न्यौपाने, डा. अनुपमा श्रेष्ठ लगाएत कोरियामा अध्यनरत विभिन्न क्षेत्रका १२० जना नेपाली बिधार्थीको उपस्थित रहेको थियोㅣ
सोनसिकका निबर्तमान सभापति तारामान कडायतको सभापतित्वमा सम्पन्न कार्यक्रममा वर्षभरि गरिएका गतिबिधि तथा भाबी कार्ययोजना बारे छलफल गर्नुको साथै सोनसिक बिधानको तेश्रो संसोधन परिमार्जनका साथ पारित गरिएको थियो! नव निर्वाचित सभापति सुबेदीले आफु सोनसिकलाई नबिन उर्जाको संचार गर्दै नयाँ उचाई प्रदान गर्न प्रतिबद्ध रहेको भनाइ राख्दै सम्पूर्ण सबै संग सहयोग र सद्भावका लागि अनुरोध गरेका थिएㅣ
नेपाली विधार्थी समाज कोरिया (SONSIK)को अगष्ट १६-१७ मा भएको ११औ बार्षिक अधिबेशनबाट निम्न अनुसार कार्यसमिति निर्वाचित भएको छ:-
पद | नाम | सम्पर्क फोन | इमेल ठेगाना | |
१ | सभापति | बिमल सुबेदी | ०१०-८४०८-२१३५ | [email protected] |
उप सभापति | बिमल सिंह बिष्ट | ०१०-५९५४-८९२५ | [email protected] | |
२ | काशी राज भट्टराई | ०१०-२०८२-६८५९ | [email protected] | |
अनुप श्रेष्ठ | ०१०-३००६-६९२३ | [email protected] | ||
धर्म राज गौतम | ०१०-४१६४-८६२० | [email protected] | ||
३ | सचिब | विजय बस्नेत | ०१०-५८९९-४८७२ | [email protected] |
४ | कोषाध्यक्ष | तुलसी पौडेल | ०१०-६४५२-९३६४ | [email protected] |
५ | सह – सचिब | सौरव घिमीरे | ०१०-२१८०-७६८६ | [email protected] |
६ | सदस्य | प्रविन भट्टराई | ०१०-४५२६-६८५९ | [email protected] |
बिबेक चौधरी | ०१०-५९२६-६९३९ | [email protected] | ||
श्रवण रोय | ०१०-४८९७-३२८४ | [email protected] | ||
शिव पाठक | ०१०-४०७९-५६३३ | [email protected] | ||
गोपाल बहादुर बोहरा | ०१०-२६१४-११४७ | [email protected] |